भलिबल कोर्टको सिलान्यास

इनरुवाको बलाह बहुमुखी क्याम्पसमा निर्माण गर्न लागिएको भलिबल कोर्टको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव विष्टले शुक्रबारै सिलान्यास गरे । ८ कट्ठा १५ धुर क्षेत्रफलको जग्गालाई घेराबारा र २ भलिबल कोर्ट निर्माण गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष पोष्टकुमार नेपालले सदस्य–सचिव विष्टलाई जानकारी गराएका थिए । त्यसमा सदस्य–सचिव विष्टले राखेपको तर्फबाट १५ लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच सदस्य–सचिव विष्टले रामधुनी नगरपालिका वार्ड नं. ९ स्थित धुरा खेल मैदान, बक्लौरीस्थित आदर्श उमाविको खेल मैदान, इटहरी रंगशाला हाता भित्र रहेको तेक्वान्दो भवनको प्यारापिट ढलाइको पनि निरीक्षण गरेका थिए ।

Comment