सदस्य–सचिव विष्टद्वारा खेल पूर्वाधारको सिलान्यास र निरीक्षण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सुनसरीको बराह नगरपालिका वार्ड नं. ९ स्थित राजावासमा शुक्रबार कभर्डहलको सिलान्यास गरेका छन् । सरस्वती माविको ७ कट्ठा १५ धुर जग्गामा बन्न लागेको उक्त कभर्डहलले ५० गुणा ११० वर्गमिटर क्षेत्रफल ओगट्ने पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकीले जानकारी गराए । करिब २ हजार दर्शक क्षमता रहने कभर्डहल स्थानिय र राखेपको साझेदारीमा निर्माण गर्न लागिएको हो । कुल लगानीमा स्थानियको ७० प्रतिशत र राखेपको ३० प्रतिशत लगानी रहने बताइएको छ ।
६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको राजावास कभर्डहल निर्माण समितिका अध्यक्ष जयेश राईलाई उद्धघृत गर्दै सदस्य बुढाथोकीले जानकारी गराए ।

Comment