रुपन्देहीलाई उपाधि

रुपन्देही ११ ले नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा रुपन्देहीले बिहिबार भएको खेलमा संकटालाई सडन डेथमा हरायो । निर्धारित समयमा दुइ टोली विच १–१ गोलको बराबरी भयो । ६५ औ मिनेटमा अनील गुरुङ्गको गोलमा अग्रता लीएको संकटाको विरुद्धमा ८८ औ मिनेटमा शिब सुबेदीले गोल गरे । शिब सुबेदी म्यान अफ द म्याच भए भने अमर डंगोल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

Comment