सुपर एट क्रिकेट हुने


खुकुरी इन्टरटेन्मेन्ट र देवीवास इभेन्ट्स एन्ड मिडिया प्रा.लि. को संयुक्त आयोजनामा प्रथम सुपर–एट क्रिकेट प्रतियोगिता चैत १५ गतेदेखि १९ गतेसम्म हुने भएको छ । २० टिम सहभागी प्रतियोगिता त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन गरिनेछ । सहभागी टोलीलाई पाँच समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगितामा हुनेछ ।
फाइनल जित्ने छिटमले ट्रफीसहित एक लाख र उपविजेतालृे ५० हजार रुपियाँ पाउनेछन । यसैगरी, उत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही दस हजार रुपियाँ प्रदान गरिनेछ ।

Comment