तेक्वान्दोको रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न


नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । सातदोबाटोस्थीत नेपाल खेलकुद विज्ञान प्रतिस्ठानको हलमा बिहिबार एक कार्यक्रमका बिच तीन दिने कोर्स सम्पन्न भयो । सो अवसरमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक डा.प्रकास प्रधान,नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास संसेर राणा र महासचिव दिपराज गुरुङ लगायतको उपस्थीती रहेको थियो । सो अवसरमा महासचिव गुरुङले नेपालको तेक्वान्दो खेल विकास र स्तरन्नोतीका लागि रिफ्रेसर र कोर्सले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
गत मंगलबारदेखि सुरु भएको कोर्स विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण सञ्चालन भएको थियो । कोर्समा ग्यरोगीतर्फका कुल २ सय ५६ निर्णायकको सहभागीता रहेको थियो । जसमा नयाँ निर्णायकको लागि ८५ र रिफ्रेसरका लागि १ सय ७१ निर्णायकको सहभागीता रहेको थियो । उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ,कोरियन प्रशिक्षक क्वान योङ दल र गोविन्द शर्माले प्रशिक्षण दिएका थिए ।
कोर्समा सहभागीलाई संघका अध्यक्ष राणाले प्रमाणपत्र प्रदान गरे । उक्त कोर्स पूर्वाञ्चलको झापामा चैत ६ र ७, पश्चिमाञ्चलको बुटवलमा बैशाख ४ र ५, मध्यपश्चिमाञ्चलको नेपालगन्जमा बैशाख ७ र ८ तथा सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा बैशाख १० र ११ गते हुनेछ ।

Comment