सुप सेवा समाज युएईबाट दिपक सम्मानीत


‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरुको संगठन सुप सेवा समाज २ जनवरी २०१५ मा स्थापना भएको हो । यस सस्थाले प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई आबस्यक सहयोग गर्ने र बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि काम गर्ने गर्दछ ।
यसै सस्थाले शुक्रबार यूएईको अबुधाबी कर्नेस पार्कमा होली मनाउनुका साथै नेपालका चर्चीत तेक्वान्दो खेलाडी दिपक विष्ट र आयशा शाक्यलाई सम्मान गरेको छ । १०मार्च मा भएको कार्यक्रम सुदुर पस्चिम सेवा समाज युएई अबुधाबीका क्षेत्रीय समितीका अध्यक्ष देव कुँवर ज्युको अध्यक्षतामा तथा दिपक बिष्ट र आयशा शाक्य प्रमुख अतिथी थिए भने बिशेष अतीथीको रुपमा सुदुरपस्चिम सेवा समाज युएईका केन्द्रीय अध्यक्ष चेतबहादुर थापा“चेतन“ थिए । संस्थाका बरिष्ट सल्लाहकार दिलु नगारी , शिवराज जैसी , आइएनएफएस सह संयोजक तथा सन एन्ड मुन ट्राभल संचालक लोकेन्द्र बम , आइएनएफएस कला संस्कृति संयोजक सस्था ब.सल्लहाकार लक्ष्मण अधिकारी , आइएनएफएस आर्थिक बिभाग प्रतिनिधि तथा ब.सल्लाहाकार धर्मराज पाण्डे र समाज सेवी तथा ब्यबसायी तर्क कुँवर पनि कार्यक्रममा उपश्थित थिए ।
कार्यक्रममा अध्यक्ष चेतले समाजले गरेका काम कारबाहीको बारे प्रकाश पार्नुका साथै दिपक बिष्ट र आयसा शाक्य लाई दोसल्ला ओढाएर सम्मान गरे । उनले युएईमा रहेका सुदुरपश्चिम बासीहरुलाई समेटदै प्रत्येक शुखदुखमा साथ दिने प्रतिबद्धता ब्यक्त गरे । उनले कंनचपुरमा गोबिन्द गौतम लाई भारतीय सीमा पुलिसले गोली हानी मारेकोमा र्भतसना गर्र्दै मृतकप्रति समबेदना ब्यक्त गरे । संस्थाका बरिष्ट सल्लहाकार अन्तराष्ट्रीय सुप समाज कला संस्कृति संयोजक लक्ष्मण अधिकारीले सुंदर सुदुरपस्चिमका कला संस्कृति ,परम्परा , चाडपर्ब , रहनसहन भेषभुषा , रीतिरिवाजका बारेमा बोलेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी दिपक बिस्टले यूएईमा कार्यरत सुदूर पश्चिम बाशीहरुको एकता देखेर आफु धेरै खुशी भएको र सो कार्यक्रममा एक गाउघरमा नै रहेको जस्तो अनुभब लिएको बताउदै होलीको शुभकामना दिए । नेपालका लागि बिदेसमा बस्ने नेपालीको सद्भाव देखेर आफु अत्यन्त खुसी भएको बताउदै विष्टले बिदेसमा बस्ने नेपालीलाई खेलजगतमा सहयोग गर्न अनुरोध गरे ।
सभाका सभापति देब कुँवरले होली तथा बनभोजमा उपश्थित सबै प्रति आभार ब्यक्त गरे । कार्यक्रम संस्थाका बरिष्ट उपाध्यक्ष जयराज जोसीले संचालन गरेका थिए ।

Comment