राष्ट्रव्यापी फुलकन्ट्याक्ट बिहीबारदेखि

नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघ अन्तर्गतको स्वयम्भू शाखा बुदोकैदोको आयोजनामा तेश्रो राष्ट्रियव्यापी फुलकन्ट्याक्ट तौलसमूह प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा १ गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने बुदोकैदोका केन्द्रीय अध्यक्ष काजीमान श्रेष्ठले जनाएका छन् । ४ लाख ६५ हजार खर्च हुने बताइएको दुईदिने प्रतियोगिताका खेलहरु बसन्तपुर डबलीमा हुनेछ ।

Comment