दक्षिण एसियाली योग च्याम्पियनसिप हुने


नेपाल योग खेलकुद संघले जेठमा दक्षिण एसियाली योग च्याम्पियनसिप गर्ने भएको छ । संघका अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्कीको अध्यक्षतामा बुधबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले चैत १५ गतेदेखि बृद्धबृद्धालाई लक्षित गरी सातदोबाटोमा बिहान ५ः३० बजेदेखि ६ः३० बजेसम्म दैनिक १ घण्टा योग कसरत सञ्चालन गर्ने, बैशाखमा राष्ट्रिय च्याम्पियनसिप गर्ने, विभिन्न जिल्लालाई समेटेर काठमाडौं, इटहरी, नेपालगन्ज, पोखरा र चितवनमा योग र ध्यान शिविर सञ्चालन गर्ने निर्णय समेत गरेको संघका महासचिव चूडामणि खरेलले जनाएका छन् ।

Comment