एथलेटिक्स टोली ब्रुनइतर्फ


ब्रुनइ खुला अन्तर्राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार ब्रुनइ प्रस्थान गरेका छन् । मार्च १७ र १८ तारिखमा हुने प्रतियोगितामा यामसाजन सुनार र सोमबहादुर कुमालले प्रतिस्पर्धा गर्नेछन् । यामले १ सय र २ सय मिटर तथा सोमले ४ सय र ८ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।
अफिसियलमा एथलेटिक्स संघका सदस्य जनक रावल रहेका छन् । टोलीलाई एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment