लुका नेपालमा


अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) का विकास विभागका कार्यकारी निर्देशक लुका सान्टिल्ली बुधबार नेपाल आएका छन् । लुका नेपालको टेनिसस्थिति बारे बुझ्न नेपाल आएका हुन् । बुधबार लुकाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्सको अवलोकन गुर्नका साथै नेपालले आयोजना गर्ने घरेलु र अनतर्राष्ट्रिय प्रतियोगिता, नेपाली खेलाडीको स्तरलगायतका विषयमा टेनिसका पदाधिकारीहरुसंग जानकारी लिएका थिए । उनले आईटीएफको भावी योजनाका सम्बन्धमा पनि जानकारी गराए ।
लुकालाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतका पदाधिकारीले टेनिस कम्प्लेक्समा स्वागत गरेका थिए । बिहीबार लुकाले त्रिपुरेश्वरस्थित टेनिस कोर्टको अवलोकन गर्ने कार्यक्रम छ । लुका बिहीबारै फर्किने छन् ।

Comment