तेक्वान्दो कोर्स सुरु


नेपाल तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो राष्ट्रिय निर्णायक सेमिनार तथा रिफ्रेसर कोर्स मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । सेमिनारमा ८५ तथा रिफ्रेसर कोर्समा १ सय ७१ गरी जम्मा २ सय ५६ जना सहभागी छन् । सहभागी सबै मध्यमाञ्चलका हुन् । तीनदिने कोर्स कोरियन प्रशिक्षक क्वान यङ दल, रेफ्री संयोजक नवीनकुमार श्रेष्ठ र गोविन्द शर्माले सञ्चालन गर्ने छन् ।
कोर्स पूर्वाञ्चलको झापामा चैत ६ र ७, पश्चिमाञ्चलको बुटवलमा बैशाख ४ र ५, मध्यपश्चिमाञ्चलको नेपालगन्जमा बैशाख ७ र ८ तथा सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा बैशाख १० र ११ गते हुनेछ ।

Comment