घरेलु जिल्लामा सुमित


चितवनको युवा माबी भुपु विद्यार्थी ब्याज २०६२ ले आयोजना गरेको जिल्ला स्तरीय बुद्धीचाल प्रतियोगिताको उपाधि सुमित पन्तले जितेका छन् । उनले सात चरणको खेलमा सात अंक नै हात पारे । ६ अंक सहीत चिन कुमार श्रेष्ठले दोश्रो तथा सुदिप श्रेष्ठले तेश्रो स्थान पाए । ५ अंक भएका अर्जुन घिमिरे चौथो,सुरज गीरी पाचौ,रोमन श्रेष्ठ छैटौ,श्रीकृष्ण श्रेष्ठ सातौ,सोम राइ र रोहीत श्रेष्ठ आठौ तथा काशीराम पौडेल १० औ भए ।
थापाथली चेस पाकका उत्पादन चितवनका स्थायी बासिन्दा सुमित पन्त पछिल्लो तीन बर्ष यता प्रभाबशाली खेलाडीको रुपमा रहेका छन् । सुमितले जिल्लामा ब्लाइन्डफेल्ड खेल पनि खेलेको नेपाल बुद्धीचाल संघका कोशाध्यक्ष ज्ञानेन्द« मर्हजनले जानकारी दिए ।

Comment