केन्यामाथि नेपालको सानदार जित

नेपालले आइसीसी र्वल्ड क्रिकेट लीग च्याम्पियनसीपको सोमबार भएको खेलमा केन्या माथि सात विकेटको सहज जित हात पारेको छ । १५६ रनको लक्ष्य पाएको नेपालले ११८ बल बाकी रहदा १६० रन जोड्यो । नेपालका लागि ज्ञानेन्द« मल्लले ६४ तथा दिपेन्द« ऐरीले ६२ रनको साझेदारी गरे । शरद भेषवाकरले विस्फोटक ब्याटिङ्ग गर्दै ११ बलमा २४ रन जोडे । उनले चार चौका र एक छक्का प्रहार गरे ।
यस अघि टस हारेर पहिले ब्याटिङ्ग गरेको केन्याले ४६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १५५ रनमा सिमित भयो । केन्यालाइ कम योगफलमा सिमित गर्ने क्रममा शरद्ले ७.१ ओभरमा २८ रन खर्चीदै चार विकेट लीए । मेहबुब आलमले सुरुवाती दुइ विकेट लीदै केन्यालाई दवावमा राखेका थिए । जित पछि नेपालमा १० खेलमा आड अंक सहित छैटौ स्थानमा यथाबत छ ।

Comment