प्रथम दिदिवहिनी कप भलिबलको उपाधि न्यु डायमण्डलाई

कुश्मा । पर्वतमा सम्पन्न प्रथम दिदिवहिनी कप महिला राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दि शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा निरास पार्दै न्युडायमण्डले उपाधि जितेको हो । उपाधि भिडन्तमा विभागिय टोली एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो बनाउदै न्यु डायमण्डमाथी दबाब सिर्जना ग¥यो । न्यु डायमण्डले एपीएफको चुनौती सहज परस्त गर्ने क्रममा लगातार तीन सेट आफ्नो बनायो । न्युडायमण्डले दोस्रो २५–२२,तेस्रो २५–२० र चौथो सेटमा २५–२० ले जित हात पारेको थियो । न्युडायमण्डले साबित्री कञ्चनजंगा अगरवत्ति उद्योगले प्रायोजन गरेको प्रथम पुरस्कार एक लाख रुपैया र ट्रफि हात पा¥यो । उपविजेतामा सिमित भएको एपीएफले ६० हजार रुपैया हात पा¥यो । दोस्रोको पुरस्कार नेपाल सामान ढुवानी ब्यवसायी संघले प्रायोजन गरेको थियो । न्यु डायमण्डकी कप्तान ललिता नाथले टिम स्पीरिटका कारण खेल सहजै जित्न सफल भएको बताइन् । पीएफकी कप्तान विनीता बुढाथोकीले आफ्नो एक महत्वपुर्ण खेलाडी अभाव रहदा टिम सेट नहुनु नै हारको कारण बनेको प्रतिक्रिया दिइन् । त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबले आर्मी क्लबमाथी ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले आर्मीलाई २५–१७,२६–२४ र २५–१९ ले हरायो । तेस्रो भएको पुलिसले ३० हजार रुपैया हात पा¥यो । तेस्रो नगद पुरस्कार पर्वत क्लब हङकङले प्रायोजन गरेको छ । प्रतियोगितामा न्यु डायमण्डकी प्रतिभा माली सर्बोत्कृष्ट खेलाडी चुनिइन । विधागत उत्कृष्टमा न्यु डायमण्डकै ललिता नाथले बेस्ट क्विइकर,एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर,एपीएफकै रेश्मा भण्डारी बेस्ट सर्भर,पुलिसकी कोपीला उप्रेति बेस्ट ब्लकर,पुलिसकै कमला पुन बेस्ट डिफेन्स र आर्मीकी जानकी भण्डारी बेस्ट लिफ्टर घोषित भए ।
प्रतियोगिताको विजेता खेलाडीलाई रेडियो दिदि वहिनीकी अध्यक्ष एवम् सांसद कल्पना चापागाई,नेपाल तरुणदलका केन्द्रिय सदस्य विद्वान गुरुङ,नेपाल भलिबल संघका उपाध्यक्ष यम बहादुर गुरुङ,पश्चिमाञ्चाल क्षेत्रिय भलिबल संघका कोषाध्यक्ष हरि बहादुर श्रेष्ठ , प्रथम पुरस्कार प्रायोजक साबित्री कञ्चन जंगा अगरवत्ति उद्योगका म्यानेजर पुस्कर केसी,खगेश्वरी इन्टर प्राइजेजका प्रोप्राइटर नारायण शर्मा, प्रतियोगिता संयोजक अरुण श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

Comment