उज्वलको आठ मिनेटमा पाच प्रश्तुती


केही समय अघि खुकुरी काता प्रदर्शन गरी चर्चामा आएका उज्वल ठकुरीले अमेरिकाको साउथ क्यारोलीनामा भएको ४३ औ युनिभर्सल मार्सल आर्ट च्याम्पियनसीपमा आठ मिनेटको अन्तरमा पाचँ भिन्न डेमोन्सट्रेसन गरी अर्को सफलता पाएका छन् । उनले ६० सेकेन्डमा दातले ४० पाउन्ड भार उठाउनुका साथै २० वटा टायल ब्रेक गरेका थिए । भन्डामा स्टाइलमा सो भार उठाएका उनले १० सेकेन्डमा १ सय पाउन्ड पनि उठाएका थिए ।
आफैले प्रतिपादन गरेको खुकुरी काता पनि उनले पहिलो पटक प्रश्तुत गरेका थिए । तेन्सो काता सहित उनले भन्डामा स्टाइलमा २० एलबीएस भार शरिरमा राखेका थिए ।

उनले १० सेकेन्डमा सोही स्टाइलमा १४० एलबीएस शरिरमा राख्नुका साथै दातले पनि उठाएका थिए । उनले सात फीट अग्लो ट्रफी र पाच भिन्न प्रमाणपत्र पाए । उनले अमेरिकाको आठ राज्यमा भएको मार्सल आर्ट च्याम्पियनसीपमा सहभागिता जनाइसकेका छन् । उनले साउथ क्यारोलीना, नर्थ क्यारोलीना, भर्जीनीया, वासिंघटन डीसी,मेरिल्यान्ड, पेन्सीलभीनीया,न्यु जर्सी र न्यु योर्कमा सहभागिता जनाइसकेका छन् । उनले १४० पाउन्ड उठाए पछि गीनीज बुक अप र्वल्ड रेकर्डमा पनि नाम दर्ता गराइसकेका छन् । उनले गत महिना पेन्सीलभीनीयामा भएको अमेरिका गट ट्यालेन्टमा पनि सहभागिता जनाएका थिए । उनले अब दुइ राज्यमा डेमोन्सट्रेसनको तयारी गरिरहेका छन् । काठमाडौबाट आएका उज्वल १४ बर्ष देखि भर्जीनीयामा बस्दै आएका छन् । त्यहाँ उनले सन् २०१४ मा खेल जिवन सुरु गरेका थिए । भर्जीनीयाको मारिन गुजाउबाट उनले मार्सलआर्टमा दोश्रो डान पाएका हुन्। उनले आफ्नो काताको नक्कल गर्न बिश्वलाई नै चुनौती दिदै आएका छन् ।

Comment