नेपालको विजयी सुरुवात


नेपालको यु–१६ टोलीले श्रीलंकाको कोलम्बोमा जारी एसएफटी दक्षिण एसिया जेएफए फुटबल एक्सचेन्जमा विजयी सुरुवात गरेको छ । शनीबार भएको खेलमा नेपालले भुटानलाई ७–१ ले पराजित ग¥यो । नवौ मिनेटमा रञ्जन पुनको गोलमा अग्रता लीएको नेपालका लागि १४ औ मिनेटमा कार्लोस बजरियाले गोल गरे । यस अघि बृजेश चौधरीले गोल गरेका थिए । १९ औ मिनेटमा बृजेशले अर्को गोल गरे । रोसन राना मगरले २६ औ मिनेटमा गोल गरे । ३१ औ मिनेटमा भुटानले गोल गरेको थियो । दोश्रो हाफमा रोसन र रञ्जनले गोल गरे ।

Comment