विदेशमा रहेका नेपालीहरुको सक्रियताको बर्ष, अमेरिकामा जुडो प्रशिक्षण केन्द्र

rajesh chrismas

सन् २०१४ नेपाली खेलकुदका लागि मिश्रीत रह्यो । विवाद, केही खराब परिणाम र केही सुखद परिणामले एक बर्ष वितेछ । थुप्रै निरासाका बाबजुद खेलकुदको सिमा भुगोलको भन्दा फराकिलो हुन्छ भन्ने तथ्यलाई नेपालीले यस बर्ष उजगार गरे । विदेशमा रहेका नेपाली खेलकर्मीले नेपाली खेलकुदमा चासो दिइ रहे । कुनै खेलाडी बिमारी हुदा होस या प्रकृत्ती प्रदत्त दुर्घटना होस संसारका कुनै पनि कुनामा रहेका नेपाली खेलकर्मीलाई यसले छायो । उनीहरुको सद्भाव र सहयोगले प्रमाणित गर्यो, नेपाली खेलकर्मी संसारको ुजुनसुकै कुनामा रहुन्, उनीहरुले प्रमाणीत गरेकी खेलकर्मीमा सबैभन्दा बढी मानबीय संबेदना हुन्छ र उनीहरु नै असल मानीस हुन सक्छन् ।
मानबीय संबेदनामा मात्र होइन आफूमा रहेका प्रतिभा र सिपकै भरमा बाच्न खेलकर्मीलाई कसैले रोक्दैन भन्ने अर्को दरिलो प्रमाण प्रश्तुत गरेरै छाडे । अमेरिका, हंककंग र बेलायत लगायत अनेकौ देशमा नेपाली खेलकर्मी छाए । युएइमा रबी शाही, अस्ट्रेलियामा मोहन बम र अमेरिकामा राजेश कमाचार्य आफ्नै खेलमा रमाए ।
यस विचमा नेपाली खेलकुदका भिन्न प्राबीधीक सोचाइ र अध्यनका धनी राजेशले अमेरिकाको न्युयोर्कमा जुडो स्कुुल सञ्चालन गरेका छन् । ५० जनाको क्षमता रहेको युएस नेपाल जुडो क्लबका सम्पूर्ण पूर्वाधार रहेको छ । अहिले उनले मंगलबार र बिहिबार साझको समयमा प्रशिक्षण दिने र पछि यसलार्य विस्तार गर्ने योजनामा राजेश छन् ।
पटियालाबाट एनआइएस कोर्ष गर्ने मध्यका उत्कृष्ट नेपाली राजेशले पर्सालाई नेपाली जुडोको शक्ति केन्द्रको रुपमा स्थापीत गरेका थिए । तथापी योग्यता र प्रशिक्षण क्षमता भन्दा बढी ब्यक्तिगत माकेर्टिंगमा चल्ने नेपाली समाजीक चरित्रको कोपभाजनमा अप्रत्यक्ष रुपमा उनी पनि परेका थिए । अन्य खेलका थुप्रै मिहेनती प्रशिक्षक र प्राबीधीकका लागि समेत चासोको विषय बनेका उनी नेपालमा रहदा हाइफाइ खेलकर्मीको रुपमा भने थिएनन् । तथापी बिरगञ्ज जुडोको उत्कृष्टताको कारण खोजी गर्नेका लागि राजेश कमाचार्य सधै सम्मानजनक लिइने नाम होे । अमेरिकामा रहेका नेपालीहरुमा नेपालीबाटै सिकेर उत्कृष्ट जुडो खेलाडी बन्ने सपनाका लागि यो जुडो क्लब उपयोगी हुने धेरैको मत छ ।

Comment