लक्ष्मी र सुमित्रालाई स्वर्ण


पोखरा । कपिलवस्तुकी लक्ष्मी चौधरी र मुस्ताङकी सुमित्रा लामिछानेले पश्चिमाञ्चल क्षेत्रीय बौद्धिक अपाङ्ग एथलेटिक्स प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । पोखरा रंगशालामा लक्ष्मीले महिलाको १ सय मिटर दौड तथा सुमित्राले महिलाको सफ्टबल थ्रोमा स्वर्ण जितेका हुन् । दौडमा रुपन्देहीकी पूजा श्रेष्ठ दोश्रो तथा कास्कीकी दुर्गा कोइराला तेश्रो भए । सफ्टबलमा कास्कीका प्रतिभा पौडेल दोश्रो र रितु गुरुङ तेश्रो स्थानमा रहे ।
नेपाल पारा ओलम्पिक कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष १ सय मिटर दौडमा कास्कीका राज केसीले स्वर्ण, कास्कीकै शिशिर पौडेलले रजत र कपिलवस्तुका सागर शेरचनले कांस्य जिते । पुरुषको सफ्टबलमा कास्कीका आशिष खत्री पहिलो, रुपन्देहीका कैलाश क्षेत्री दोश्रो तथा कास्कीका प्रवेश गुरुङ तेश्रो भए ।
प्रतियोगितामा २५ पुरुष÷महिला गरी ५० प्रतिस्पर्धीले विभिन्न चार स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् ।

Comment