न्युडायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने


कुश्मा । पर्वतमा जारी प्रथम दिदिवहिनी कप महिला राष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधिका लागि काठमाडौंको न्युडायमण्ड एकेडेमी र शसस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्ने भएका छन् । शनिबार भएको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई २५–११,२५–१५ र २५–१८को सोझो ले हराउदै फाइनलको यात्रा तय ग¥यो । अर्को सेमिफाइनलमा न्युडायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउदै चिरपरिचत प्रतिद्वन्दि एपीएफसँगको भेट पक्का ग¥यो ।
न्युडायमण्डले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट भने पुलिसले २७–२५ आफ्नो पक्षमा पारेपछि खेल निकै रोमाञ्चक बन्यो । तर त्यसपछि न्युडायमण्डले लगातार तेस्रो २५–१५ र चौथो २५–२३ ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा सुनिश्चित ग¥यो । तेस्रो स्थानको लागि आर्मी र पुलिसबिच भएको खेलभने वर्षाका कारण स्थगित भयो । पुलिसले पहिलो सेटमा जित हात पार्दै अग्रता लिएको थियो । दोस्रो सेट १६–१६ हुदा लगातार वर्षाभएपछि प्राविधिकले खेल स्थगन भएको जानकारी गराए ।
प्रतियोगीताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैया प्राप्त गर्नेछ । तेस्रो हुनेले ३० हजार प्राप्त गर्नेछ । ब्यक्तिगत विधातर्फ स्पाकर,सेटर, डिफेन्स, क्वीकर, ब्लकरलाई पनि पुरस्कार राखिएको छ । सर्बोत्कृष्ट खेलाडीले ५ हजार रुपैया र विधागत उत्कृष्टले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Comment