केन्यासंग नेपालको हार

वर्षाले प्रभावित आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत खेलमा नेपाल केन्यासंग पाच विकेटले पराजित भएको छ । डर्कवर्थ लुइसको आधारमा २६ ओभरमा ९४ रनको लक्ष्य पाएको केन्याले ११ बल बाकी रहदा ९८ रन जोड्यो । डकवर्थ लुइसकै आधारमा २९ ओभरमा १०४ रनको लक्ष्य पाएको केन्याले २१.२ ओभरमा पाचँ विकेट गुमाउदै ८० रन भएको समयमा बर्षाले केही समय खेल रोकीए पछि केन्याका लागि २६ ओभरमा ९४ रनको लक्ष्य दिइएको होे । केन्याका लागि राकिब पटेलले अविजित ३४ रन जोडे । सागर पुनले सुरुवाती दुइ विकेट तथा बसन्त रेग्मीले एक विकेट लीदै नेपालका आशा जगाएका थिए । केन्याले २१ रनमा तेश्रो विकेट गुमाएको थियो । नेपालका सन्दिप लामीछानेले दुइ विकेट लीए । सोमपाल कामी २५ बलमा २८ रन खर्चीदै कुनै विकेट लीन असफल भए ।
यस अघि ३६ औँ ओभरको समाप्तिमा पुन वर्षाले खेल रोकिनु अघि नेपालले ८ विकेट गुमाउँदै ११२ रन जोडेको हो । ३८ ओभरको खेलए मा बर्षाले ३६ औ ओभरमा खेल अबरुद्ध भए पछि केन्यालाई यो लक्ष्य प्राप्त भएको हो । नेपालका लागि नवौँ विकेटका लागि सोमपाल कामी र शक्ति गौचनले ३० रनको अविजित साझेदारी गरे ।
नेपालका लागि सुनिल धमला ३ रन बनाएर आउट भए भने ज्ञानेन्द्र मल्ल २७ रन बनाएर आउट भए । सागर पुन १० रन बनाएर आउट हुँदा शरद भेषवाकरले ३ रन बनाएर आउट भए । यसैगरी, विनोद भण्डारी ४ रन र मेहबुब आमल २ रन बनाएर आउट भए। वसन्त रेग्मी १९ बलमा ६ रन बनाएर आउट भए ।
केन्याका लागि सेम ङोचेले ३ विकेट झारे। एनएम ओधियाम्बोले २ विकेट लिए। त्यसैगरी एनएन ओधियाम्बो, ओटियानाो र पटेलले एकएक विकेट लिए । ५० ओभरको खेललाई वर्षाका कारण ३८ ओभरमा छोट्याइएको थियो भने वर्षाका कारण खेल दुई घण्टा ढिलो गरी सुरु भएको थियो ।

Comment