केन्यालाई २९ ओभरमा १०४ रनको लक्ष्य

वर्षाका कारण ३८ ओभरमा घटाइएको आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत खेलमा केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको छ । । ३६ औँ ओभरको समाप्तिमा पुन वर्षाले खेल रोकिनुअघि नेपालले ८ विकेट गुमाउँदै ११२ रन जोडेको हो। फेरी बर्षाले खेल अबरुद्ध भए पछि केन्यालाई यो लक्ष्य प्राप्त भएको हो । नेपालका लागि नवौँ विकेटका लागि सोमपाल कामी र शक्ति गौचनले ३० रनको अविजित साझेदारी गरे ।
नेपालका लागि सुनिल धमला ३ रन बनाएर आउट भए भने ज्ञानेन्द्र मल्ल २७ रन बनाएर आउट भए । सागर पुन १० रन बनाएर आउट हुँदा शरद भेषवाकरले ३ रन बनाएर आउट भए । यसैगरी, विनोद भण्डारी ४ रन र मेहबुब आमल २ रन बनाएर आउट भए। वसन्त रेग्मी १९ बलमा ६ रन बनाएर आउट भए ।
केन्याका लागि सेम ङोचेले ३ विकेट झारे। एनएम ओधियाम्बोले २ विकेट लिए। त्यसैगरी एनएन ओधियाम्बो, ओटियानाो र पटेलले एकएक विकेट लिए । ५० ओभरको खेललाई वर्षाका कारण ३८ ओभरमा छोट्याइएको थियो भने वर्षाका कारण खेल दुई घण्टा ढिलो गरी सुरु भएको थियो ।

Comment