कार्कीको अध्यक्षतामा योग खेलकुद संघ

प्रा.डा. सूर्यबहादुर कार्कीको अध्यक्षतामा नेपाल योग खेलकुद संघ गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको संघको उपाध्यक्षमा डा. रुपकुमार राई र कैलाश विष्ट, महासचिवमा चुडामणि खरेल, सचिवमा सतिसचन्द्र शाह तथा कोषाध्यक्षमा राजेश श्रेष्ठ रहेका छन् । सदस्यहरुमा डा. शेभेन्द्र गुप्ता, डा. देवकी श्रेष्ठ, सुशीला विडारी, डा. दीपककुमार शर्मा, मणिराज डाँगी, दीपेन्द्र भट्ट, कृति कार्की, संगीता अवाले र राखेपका २ जना प्रतिनिधि छन् ।

Comment