युनिभर्सलाई स्याट बास्केटबल उपाधि

आयोजक युनिभर्सले तेश्रो स्याट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । प्रतियोगितामा समावेश तीन विधा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा युनिभर्सल च्याम्पियन बन्दै उपाधि रक्षा ग¥यो । गत संस्करणमा पनि युनिभर्सल तीनै विधामा पहिलो भएको थियो ।
धुम्बाराहीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा युनिभर्सलले अमरदीपलाई ३६–१६ ले पराजित ग¥यो । विजेताका कोमन गुरुङले १४ अंक जोडे । सेन्ट जर्जले तेश्रो स्थानमा चित्त बुझायो । सिनियर गल्र्सको उपाधि भिडन्तमा युनिभर्सलले पिक प्वाइन्ट एकेडेमीलाई ३२–१० ले हरायो । युनिभर्सलको जितमा संगीता फुयालले १९ अंक योगदान गरिन् । सिल्भर स्राइन तेश्रो भयो ।
जुनियर ब्वाइजको राउन्ड रोविन लिगमा युनिभर्सल पहिलो, गोल्डेन गार्डेन दोश्रो र साम्तेन तेश्रो स्थानमा रहे । सिनियर ब्वाइजमा कोमन गुरुङ, सिनियर गल्र्समा संगीता फुयाल र जुनियर ब्वाइजमा रोजल खरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ‘मोस्ट भेलुएबल प्लेयर’ त्रय उपाधि विजेता युनिभर्सलका हुन् ।
विजेतालाई एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष पण्डव हमाल, एनप्याब्सनका केन्द्रीय सचिव प्रहलाद दाहाल, अन्ली स्पोर्ट्सका प्रोप्राइटर जगदीश भेटवाल, युनिभर्सलका प्रिन्सिपल एवं स्याटका अध्यक्ष विजयकुमार खरेल र प्रतियोगिता संयोजक विनोद केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । २० फागुन देखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १२, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा ५ टिम सहभागी थिए ।

Comment