प्रवेशलाई स्वर्ण

आयोजक भानुभक्त मेमोरियल स्कुलका प्रवेश सुवेदीले तेश्रो अन्तर्राष्ट्रिय तथा नवौं राष्ट्रिय गोजुरियो ओसिकाइ कराते प्रतियोगिताअन्तर्गत राष्ट्रियतर्फ शुक्रबार स्वर्ण जितेका छन् । पुरुष २० केजी फाइनलमा प्रवेशले मध्यमाञ्चलका इशान राईलाई पराजित गरे ।
राष्ट्रियमै पुरुष र महिला टिम कातामा आयोजक ‘ए’ पहिलो र आयोजक ‘बी’ दोश्रो भए । जुनियर महिला व्यक्तिगत कातामा मध्यमाञ्चलकी देवीना मगर पहिलो र आयोजककी दिलिशा थापा दोश्रो स्थानमा रहे ।
सिनियर पुरुष व्यक्तिगत कातामा आयोजक ‘ए’ का विशांक राणा पहिलो र आयोजक ‘बी’ का राज बस्नेत दोश्रो भए । जुनियर पुरुष व्यक्तिगत कातामा मध्यमाञ्चलका देवेन्द्र मगरले स्वर्ण र आयोजक ‘ए’ का दिपेश खत्रीले रजत जिते । प्रतियोगिताको डा. जयराज आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे

Comment