फीलीपीन्ससंगको खेलमा नवयुग नहुने


फीलीपीन्ससंग हुने एएफसी एसियन कप फुटबलको छनोट खेलका लागि प्रशिक्षणरत नेपाली टोलीमा ३६ जनाबाट २७ जना सर्टलीस्टेड भएका छन् । प्रशिक्षक गायतोकी कोजीले गरेको छनोटमा चोटसंग संघर्ष गरिरहेका फरवार्ड नवयुग श्रेष्ठ रहेका छैनन् । नया अनुहार बिश्व अधीकारी,विमल पाण्डे, युवराज खड्का र रबि शंकर पासवान पनि बाहीरीएका छन् । बिमल बस्नेत २७ भित्र यथाबत छन् । हेमन्त थापा मगर, सुनिल मगर,सुनिल मगर र दिनेस राजबंशी टोलीमा आटाउन सकेनन् ।
हाल रहेका २७ जनामा चार गोलरक्षक विकेश कुथु, किरण लीम्बु, बिसाल श्रेष्ठ र एलन न्यौपाने छन् । रक्षकमा रबिन श्रेष्ठ, विराज मर्हजन,अनन्त तामाङ्ग, आदीत्य चौधरी,कमल श्रेष्ठ, देवेन्द« तामाङ्ग,रञ्जिित धिमाल, जितेन्द« कार्की र बिमल बस्नेत छन् । मिडफील्डमा रोहीत चन्द मन बहादुर तामाङ्ग,बिसाल राइ, हेमन गुरुङ्ग,विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ,सुमन लामा र राजेन्द« रावल छन् । फरवार्डमा रञ्जन विष्ट, अनील गुरुङ्ग, भरत खवास र कर्ण लीम्बु छन् । पहिलो लेगको खेल २८ मार्चमा मनीलामा हुने छन् ।

Comment