खेलाडी संघलाई पूर्णता

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आफ्नो नयाँ कार्य समितिलाई पूर्णता प्रदान गरेको छ । अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको संघको बैठकले २७ सदस्यीय कार्य समितिमा २ उपाध्यक्ष र ५ सदस्यलाई मनोनित गर्दै समितिलाई पूर्णता प्रदान गरेको हो ।
संघको मनोनित उपाध्यक्ष द्वयमा ज्ञानेन्द्र मल्ल (क्रिकेट) र आयषा शाक्य (तेक्वान्दो) रहेका छन् । यस्तै सदस्यहरुमा शिवराम श्रेष्ठ (गल्फ), अनु अधिकारी (कराते), रमेश मगर (जुडो), पुरुषोत्तम बज्राचार्य (टेबलटेनिस) र मुकुन्द्र महर्जन (कराते) रहेका छन् ।
यस्तै संघको सोही बैठकले कानुनी सल्लाहकार र प्रेश सल्लाहकारमा भोजानन्द राई र अजय फुँयाललाई निरन्तरता दिएकोछ । यस अघि फागुन २० गते भएको संघको चौथौं साधारण सभाले दीपक श्रेष्ठको नेतृत्वमा पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक सचिव, एक कोषाध्यक्ष र दश सदस्य गरि २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको थियो ।

Comment