खुला कराते हुने

नेपाल सितोरियो कराते संघ, शाखा डोजो भैसेपाटीको आयोजनामा तेश्रो खुला सितोरियो कराते प्रतियोगिता १९ चैतमा हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा १२ गरी जम्मा २५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्ष प्रेमबहादुर शाहले जनाएका छन् । करिब ४ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
दुईदिने प्रतियोगिताका खेलहरु भैसेपाटीमा हुनेछ । गत दुवै संस्करणको उपाधि लैनचौर डोजोले जितेको थियो ।

Comment