थाइ बक्सिङ टोली बैंकक जाने


दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाल थाइ बक्सिङ संघको टोली शुक्रबार थाइल्यान्डको बैंकक जाँदैछ । चार पुरुष खेलाडीसहित टोली ६ सदस्यीय रहेको छ । पुरुषको ५१ केजीमा निकेश तामाङ, ५४ केजीमा राजु राई, ५७ केजीमा सविन राई र ६३ केजीमा रमेश पाण्डेले प्रतिस्पर्धा गर्नेछन् । निकेश गत संस्करणका स्वर्ण विजेता हुन् भने बाँकी तीन खेलाडीको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
टोली नेतामा संघका अध्यक्ष नवराज भण्डारी तथा अफिसियलमा श्यामकृष्ण बस्नेत छन् । मार्च १२ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा करिब ५७ राष्ट्रको सहभागिता रहने अध्यक्ष भण्डारीले जानकारी गराए । टोलीलाई समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल र पूर्व एआईजी पर्शुराम खत्रीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।
कार्यक्रममा स्वर्ण विजेता निकेशले विगतको भन्दा यसपटक तयारी राम्रो भएकाले चारै खेलाडीले पदक जितेर विदेशी भूमिमा राष्ट्रको झण्डा दावी गरे ।

Comment