दिदिवहिनी कपको सेमिफाइनल समिकरण पुरा


कुश्मा । प्रथम दिदिवहिनी कप महिला भलिबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ । बिहिबार पर्वतको कुस्मास्थीत नवौँ पश्चिमाञ्चल महोत्सब अन्र्तगत भएको लिग चरणको खेल समाप्ती पश्चात समुह एबाट एपीएफ र नेपाल पुलिस तथा समुह बीबाट न्यूडायमण्ड र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् । एपीएफ समुह बिजेता र पुलिस उपविजेता तथा न्युडायमण्ड विजेता र आर्मी उपविजेता बन्दै अन्तिम चारमा बनाएको हो । सेमिफाइनमा एपीएफले आर्मी तथा न्युडायमण्डले पुलिससँग प्रतिस्पर्धा गर्नेछन् ।
एपीएफले आफ्नो समुहको दुवै खेल जित्दै ६ अंक बटुल्दै समुह विजेता बन्यो । पुलिसले भने एपीएफसँग हार र आयोजक दिदिबहिनी रेडियोमाथी जित निकालेपछि ३ अंकका साथ समुह उपविजेता बन्यो । बिहिबार एपीएफले दिदिबहिनीमाथी २५–४,२५–६ र २५–६ को सोझो सेटमा जित निकाल्यो । पुलिसले पनि रेडियो दिदिबिहीनीलाई २५–१२,२५–१४र २५–१२ को सोझो सेटमा हरयो । समुह बीको न्युडायमण्डले पश्चिमाञ्चल क्षेत्रिय भलिबबल संघलाई २५–९,२५–१३ र २५–८ ले हराउदै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो । दोस्रो खेलमा पनि आर्मीमाथी २५–१४,२५–१२ र २५–२१ को सोझो सेटमा हराउदै सत प्रतिशत जितका साथ समुह बिजेता बन्यो । उक्त समुहको उपविजेता आर्मीले पहिलो खेल गुमाएपनि पश्चिमाञ्चलमाथी रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । निकै रोमाञ्चक बनेको खेलमा आर्मीले पश्चिमाञ्चलमाथी २४–२६,२५–२०,२५–२२,२३–२५ र १५–११ ले जित निकाल्दै समुह उपविजेता बन्यो । शुक्रबार सेमिफाइनल र फाइनल खेल सम्पन्न हुनेछन् । प्रतियोगीताको विजेताले रु एक लाख र उपविजेताले ६० हजार प्राप्त गर्नेछ । तेस्रो हुने ३० हजार प्राप्त गर्नेछ । ब्यक्तिगत विधातर्फ स्पाइकर,सेटर,डिफेन्स,क्वीकर,ब्लकरलाई पनि पुरुस्कार राखिएको छ । सर्बोत्कृष्ट खेलाडीले ५ हजार रुपैया र विधागत उत्कृष्टले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिता २७ फागुनसम्म चल्ने प्रतियोगिता संयोजक अरुण श्रेष्ठले जानकारी गराएका छन् ।

Comment