पारा तेक्वान्दो खेलाडीलाई सहयोग

para taekwondo
लायन्स क्लब अफ काठमाडौं क्यापिटल सिटीले नेपाल पारा तेक्वान्दो संघका पारा तेक्वान्दो खेलाडीलाई प्रोत्साहन स्वरुप ट्रयाकसुट र खेल सामाग्री बुधबार प्रदान गरेको छ ।
लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ नेपालका प्रथम भाइस डिस्ट्रिक गभर्नर डिके ढुंगाना, लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष प्रल्हाद दाहालाले १५ खेलाडी तथा २ प्रशिक्षक कल्याण कुँवर र राजेन्द्र खत्रीलाई सामाग्री हस्तान्तरण गरे । एक जनाले १ हजार ६ सय मुल्य बराबरीको सामाग्री प्राप्त गरेको पारा तेक्वान्दो संघका अध्यक्ष जर्नाजन ढुंगेलले जनाएका छन् ।
सो अवसरमा ढुंगानाले पारा तेक्वान्दो खेलाडीका लागि जुलाई ३१ तारिखदेखि लागू हुने गरी १ वर्षका लागि आर्थिक सहयोग स्वरुप प्रति महिना ३ हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाए ।

Comment