फुटबल संघले महिला दिवस मनायो


अखिल नेपाल फुटबल संघले विविध कार्यक्रम सहित महिला दिवस मनाएको छ । अखिल नेपाल फुटबल संघको बार्षिक कार्यmम अनुसार महिला दिवसको दिन महिला फुटबल दिवसको रुपमा फुटबल संघले मनाउदै आएको छ । एएफसीका ३० सदस्य राष्ट्रले भिन्न कार्यक्रमका विच महिला फुटबल दिबस मनाए ।
नेपालमा भएको कार्यक्रममा भिन्न २५ विद्यालयमा प्रशिक्षण लिइरहेका खेलाडीले सिप प्रदर्शन गरेका थिए । साथै राष्ट्रिय खेलाडी मैत्रीपूर्ण खेलमा सहभागि भएका थिए भने सांस्कृतीक कार्यक्रमको पनि आयोजना भएको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द« श्रेष्ठले यस बर्ष धेरै फुटबल कार्यक्रम गर्ने बताए । कार्यक्रममा बोल्दै महिला फुटबल संघकी अध्यक्ष कल्पना श्रेष्ठले तराइका जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

Comment