युथ टोलीको विदाइ


श्रीलंकामा आयोजना हुने दक्षिण एसिया जापान एक्सचेन्ज फुटबल कार्यक्रममा सहागि हुन जाने यु –१६ नेपाली फुटबल टोलीलाई बुधबार विदाइ गरियो । विदाइ कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द« मान श्रेष्ठ, कार्यबाहक महासचिव सञ्जिव मिश्र,एन्फा कार्यकारी अधीकृत इन्द«मान तुलाधर र अन्य फुटबल अधीकारीको उपश्थिती थियो । १८ खेलाडी सम्मीलीत टोलीको नेतृत्व मधुसुदन उपाध्यायले गरेका छन् भने टोली प्रशिक्षकमा सुनील श्रेष्ठ रहेका छन् ।
पृथ्बी चौधरी कप्तान रहेको टोलीमा नबीन मर्हजन र सनोज श्रेष्ठ साहयक प्रशिक्षक रहेका छन् । एन्फा अध्यक्ष श्रेष्ठले टोलीलाई शुभकामना दिए । नेपालले ११ मार्चमा भुटान, १२ मार्चमा श्रीलंका तथा १४ मार्चमा जापानसंग खेल्ने छ ।

Comment