किङ खान इन्डोर हक्की हुने

किङ खान राष्ट्रिय पुरुष इन्डोर हक्की प्रतियोगिता चैत ५ गते हुने भएको छ । काठमाडौं हक्की क्लब र नेपाल हक्की संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको दोश्रो संस्करण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा विदेशी एकसहित ८ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जनाएका छन् । नेपालबाट वीरगन्ज हक्की क्लब, काठमाडौं हक्की क्लब, मकवानपुर हक्की क्लब, द जनकपुर हक्की क्लब, पोखरा हक्की क्लब, सुदूरपश्चिमाञ्चलको द हेल्प क्लब र त्रिभूवन आर्मी क्लबको सहभागिता रहनेछ । विदेशबाट डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले भाग लिने छ । एकदिने प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ ।

Comment