दिदीबहिनी कप महिला भलिबल बुधबारदेखि


प्रथम रेडियो दिदि बहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगीता बुधबारदेखि पर्वतको कुस्मा हुदैछ । सातौँ पश्चिमाञ्चल महोत्सव अन्र्तगत रेडियो दिदिविहिनीको आयोजना बुधबारदेखि पर्वतको कुस्माको सुरु हुदैछ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ । प्रतियोगिताका लागि सम्पुर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक अरुण श्रेष्ठले बताए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक पश्चिमाञ्चल महोत्सवकी अध्यक्ष समेत रहेकी सांसद कल्पना चापागाईले स्थानिय महिलालाई खेलप्रति उत्सुक र उत्प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताइन् ।
प्रतियोगिताको समुह एमा आयोजक दिदिवहिनी,शसस्त्र प्रहरी बलको एपीएफ क्लबर नेपाल पुलिस क्लबको सहभागीता रहेको छ । समुह बीमा नेपाल आर्मी,न्यूडायमण्ड एकेडेमी र पश्चिमाञ्चल क्षेत्रिय भलिबल रहेका छन् । प्रतियोगिताको पहिलो खेल समुह एको नेपाल पुलिस क्लब र एपीएफ तथा दोस्रो खेल समुह बीको न्यूडायमण्ड र पश्चिमाञ्चलबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगीताको विजेताले रु एक लाख र उपविजेताले ६० हजार प्राप्त गर्नेछ । तेस्रो हुने ३० हजार प्राप्त गर्नेछ ।ब्यक्तिगत विधातर्फ स्पाकर,सेटर,डिफेन्स,क्वीकर,ब्लकरलाई पनि पुरुस्कार राखिएको छ । सर्बोत्कृष्ट खेलाडीले ५ हजार रुपैया र विधागत उत्कृष्टले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।

Comment