फिमला क्लब फूलबारीलाई प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्डको उपाधि

??????????????????????????????????????????????????????????????
पोखरा
फिमला क्लब फूलबारीले पोखरामा जारी प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्ड–२०७१ को उपाधि जितेको छ। काजीपोखरी युथ क्लब पोखरा–१८ काजीपोखरीको आयोजनामा क्लबकै बास्कटेबल मैदानमा मड्डलबार भएको फाइनल खेलमा लालीगुराँस पुन मगर समाज लामाचौरलाई ६८–५९ ले पराजित गर्दै फिमला क्लब फूलबारीले उपाधि जितेको हो।
पहिलो क्वाटरमा ४–३५ ले पछि परेको लालीगुराँस पुन मगर समाजले दोस्रो र तेस्रो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर ६१–५८ पार्न सफल भएको थियो। चौथो क्वाटरमा भने फिमलाले केही अवसरलाई स्कोरमा परिणत गर्न सफल भयो र उपाधि जित्यो।
विजेता टीमले फिमलाले नगद ३५ हजार, रनिङशिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित लालीगुराँस पुनमगर समाजले नगद २० हजारमा चित्त बुझायो।
यस्तै लालीगुराँस पुनमगर समाजका रामकृष्ण घोतानेले बेस्ट प्लयेर र फाइनलमा सर्वाधिक २४ स्कोर गरेका फिमलाका किरण पुन हाइएस्ट स्कोरर घोषित भए।
यस्तै दूधपोखरी समाज ए ले फेयर प्लये अवार्ड पायो।सबैले ट्रफी प्राप्त गरे। क्लबका सदस्य रजत गुरुङको स्मृतिमा राखिएको प्रतियोगिताकै युवा खेलाडी घोषित माउण्ट अन्नपूर्ण उमाविका सोनम गर्वुजा पुनले ट्रफीको साथमा नगद दुई हजार पुरस्कार प्राप्त गरे।
यसअघि बिहान भएको पहिलो सेमिफाइनल खेलमा दूधपोखरी बीलाई हराउँदै फिमला क्लब फूलबारी तथा दोस्रो सेमिफाइनल खेलमा दूधपोखरी ए लाई पराजित गर्दै लालीगुराँस पुन मगर समाज लामाचौर फाइनलमा प्रवेश गरेका थिए।
विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि स्व. रजत गुरुङका पिता क्या. गंगाबहादुर गुरुङ, दाजु रोहित गुरुङ, कास्की जिल्ला एथलेटिक्स सङ्घका उपाध्यक्ष हरि थापा र खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि क्या. गंगाबहादुर गुरुङले आÇनो छोराको नाउँमा प्रतियोगिता सञ्चालन गरेकोमा क्लबको प्रशंसा गरे। बास्केटबल कोर्ट निर्माण गर्नमा समेत उल्लेखनीय योगदान दिएका गुरुङले सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
क्लबका अध्यक्ष जितेन्द्रजंग थापाले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउने सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तित्वप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा गरे।
क्लबका सचिव एवं खेल संयोजक दीपक कुमार गुरुङले सबैको आर्थिक, नैतिक र एवं भौतिक सहयोगले नै पहिलोपटक आयोजना गरिएको प्रतियोगिता सफल भएको दाबी गरे।
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
क्लबका अध्यक्ष जितेन्द्रजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्दकुमार घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सञ्चारकर्मी अर्जुन परियारले गरेका थिए। पुस १२ गतेदेखि सञ्चालित सो प्रतियोगितामा २२ टीमको सहभागिता रहेको थियो।

Comment