बौद्धिक अपाङ्गको खेलकुद

नेपाल पारा ओलम्पिक कमिटीको आयोजनामा पश्चिमाञ्चल क्षेत्रीय बौद्धिक अपाङ्ग खेलकुद शनिबार हुने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगितामा एथलेटिक्सतर्फ विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा हुने पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् । पुरुष÷महिला गरी जम्मा ५० खेलाडीले १ सय मिटर दौड र सटपुटमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको अघिल्लो दिन शुक्रबार सहभागी खेलाडीलाई आफू सहभागी हुने खेलका विषयमा जानकारी गराउन प्रशिक्षण दिइने बताइएको छ ।

Comment