भानुभक्तमा गोजुरियो कराते


भानुभक्त मेमोरियल उमाविको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय तथा नवौं राष्ट्रिय गोजुरियो ओसिकाई कराते प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४ सय ३५ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक ध्रुवबहादुर क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।राष्ट्रिय प्रतियोगितामा पाँच विकास क्षेत्रका खेलाडी सहभागी हुनेछन् । पहिले राष्ट्रिय प्रतियोगिता हुनेछ र त्यसमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागिताको अवसर पाउने छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, मलेसिया, माल्दिभ्स र सिंगापुर सहभागी हुने बताइएको छ । तीनदिने प्रतियोगिताका खेलहरु पानीपोखरीस्थित आयोजककै हातामा हुनेछ ।

Comment