सुदूरपश्चिमाञ्चल र एपीएफ फाइनलमा

सुदूरपश्चिमाञ्चल र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । इटहरीमा भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई ७ विकेटले पराजित ग¥यो । पहिले व्याटिङ गरेको पश्चिमाञ्चलले १९.२ ओभरमा अलआउट हुँदै ८९ रन बनायो । पश्चिमाञ्चलका वर्षा राणाले २७ तथा सरस्वती पुनले १२ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमाञ्चलका रेखा रावल र कविता जोशीले २–२ विकेट लिए ।
जवाफी व्याटिङमा उत्रिएको सुदूरपश्चिमाञ्चलले १७.४ ओभर खेल्दै ३ विकेत क्षतिमा विजय लक्ष्य भेटायो । ‘वोमन अफ द म्याच’ चुनिएकी रेखा रावलले ३६ तथा कविता जोशीले १५ रन बनाए ।इटहरी क्रिकेट एकेडेमीको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा एपीएफले पूर्वाञ्चललाई ७ रनले हरायो ।
सुरुमा व्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ६६ रनको योगफल खडा ग¥यो । ‘वोमन अफ द म्याच’ बनेकी करुण भण्डारीले २२ रनको इनिङ खेलिन् । बलिङतर्फ पूर्वाञ्चलकी सरस्वती चौधरी र सबनम राईले ३–३ व्याट्सवोमनलाई पभिलियन फर्काए भने रुविना क्षेत्रीले २ विकेट लिइन् ।प्रत्युत्तरामा पूर्वाञ्चल १९.२ ओभरमा पूरै विकेट गुमाउदै ५९ रनमा समेटियो । पूर्वाञ्चलका लागि रोमा थापाले १८ र काजोल श्रेष्ठले १४ रन जोडे । बलिङमा एपीएफका सीता राना मगरले ३ तथा रितु कनौजियाले २ विकेट चट्काए ।
फाइनल बुधबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सवोमन र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

Comment