तेश्रो फिटनेश फस्र्ट शारिरीक सुगठन हुने

फिटनेश फस्र्ट क्लको आयोजनामा तेश्रो मिस्टर फिटनेश फस्र्ट शारिरीक सुगठन प्रतियोगिता चैत्र ५ गते आयोजना हुने भएको छ ।
फिटनेश फस्र्ट क्लबको ढुङ्गे अड्डा, सतुङ्गल र थानकोटमा प्रशिक्षण लिई रहेका खेलाडीहरुका विच प्रतिस्पर्धा मार्फत उत्कृष्ट खेलाडी छनोट गरि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा ३० खेलाडीहरुले सहभागीता जनाउने क्लबका संचालक लक्ष्मण भट्टले जानकारी गराए ।
सतुङ्गगल पार्टि प्यालेसमा आयोजना हुने प्रतियोगितामा ६०, ७० र ७० केजी माथी तौलमा तथा फिजिक्स प्रतिस्पर्धा अन्तरगत ५ फिट ३ इन्च र सो भन्दा माथी २ गरि कुल ५ स्पर्धामा प्रतिस्पर्धा गराईने आयोजकले जनाएका छन् ।
कुल पाँच लागको लागत रहेको प्रतियोगितमा कुल १ लाख नगद प्रदान गरिने छ । जसमा प्रत्येक स्पर्धाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई नगद, ट्रफी, मेडल र प्रमाण पत्रका साथै शारिरीक सुगठनका लागि आवश्यक पौष्टिक सप्लिमेन्ट प्रदान गरिनेछ । सोहि अवसरमा भुटानमा सम्पन्न मिष्टर एशियामा स्वर्ण पदक प्राप्त गर्न सफल महेश्वर महर्जनलाई सम्मान गरिने भट्टले जानकारी गराए । उनले प्रतियोगिताको लागि सम्पूर्ण तयारी भई सकेको समेत बताए ।

Comment