रिम्स र एकता फाइनलमा

साविक विजेता रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) र एकता जेम्स छैटौं इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।सानोगौचरणमा भएको खेलमा रिम्सले होली एन्जल्सलाई टाइब्रेकरमा ३–१ गोलले पराजित ग¥यो । एकता जेमसले अरुणिमालाई ३–० ले हरायो । ब्वाइजमै अरुणिमाले होली एन्जल्सलाई टाइब्रेकरमा ३–२ ले पाखा लगाउदै तेश्रो भयो ।
संस्थागत विद्यालय संघ नेपाल (इशान) द्वारा आयोजित प्रतियोगिताको गल्र्समा साविक विजेता नेपालय र छहारी शिक्षा सदनले उपाधि भिडन्त पक्का गरिसकेका छन् । फाइनल सोमबार हुनेछ ।

Comment