महर्जनको नेतृत्वमा आइटिएफ तेक्वान्दो विद्यालय कमिटि


नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वावधनमा नेपाल आइटिएफ तेक्वान्दो विद्यालय कमिटी गठन भएको छ । आइतबार भक्तपुरस्थीत माउन्ट भ्यू स्कुलमा आयोजित एक कार्यक्रमकाबिच राजकुमार महर्जनको अध्यक्षतामा ७ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाको रोबहरमा तथर्द कमिटी गठन भएको छ ।
सो अवसरमा पुर्व शिक्षामन्त्री गीरीराजमणि पोख्रेल र राष्ट्रिय खेलकुद परिषदका सदस्य नारायण पौडेलले तथर्द कमिटीलाई शुभकामना ब्यक्त गरे । उक्त कमिटीको उपाध्यक्षमा चन्द्र अधिकारी,सुन्दर कुमार श्रेष्ठ सचिव र कोषाध्यक्षमा विशाल यम्फु चयन भएका छन् । पहिलो भेला मार्फत सदस्यमा नारायण कार्की,सुर्य राई र विशाल तामाङ चयन भए । आइटिएफ तेक्वान्दो महासंघ अन्र्तगत रहेर उक्त कमिटीले विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्न मद्दत पु¥याउने महासंघ अध्यक्ष अन्जन धमलाले बताए । उक्त तथर्द कमिटीले ६महिनाभित्र निर्वाचन गराउने कार्यक्रममा गराउने कार्यक्रममा बताइएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी पुर्व शिक्षामन्त्री पोख्रेलले खेलक्षेत्र विकासका लागि विद्यालयस्तरबाटै सुरुवात गर्नु पर्ने बताए । राखेप सदस्य पौडेलले नेपालको खेलक्षेत्रमा विकासमा विद्यालयको भूमिका निकै महत्वपुर्ण रहदै आएको बताए । महासंघ अध्यक्ष धमलाले प्रतिभाशाली जूनियर स्तरका खेलाडि खोज गर्ने उद्देश्य स्वरुप आफुहरुले विद्यालय आइटिएफ तेक्वान्दो संघको विकास गरेको बताए । तथर्द कमिटीले अध्यक्ष महर्जनले विद्यालयबाट नयाँ खेलाडी उत्पादनका लागि आफुहरुले सक्दो प्रयास गर्ने विश्वास ब्यक्त गरे ।

Comment