एलएलाई ज्ञान कप


लिटिल एन्जल्स (एलए) ले छैटौं ज्ञान कप अन्तरविद्यालय जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
राउन्ड रोविन लिगको अन्तिम खेलमा गत उपविजेता एलएले साविक विजेता ज्ञानोदयलाई ३–२ गोलले पराजित ग¥यो । एलएको जितमा सलुन गुरुङले २ तथा प्रनिश रसाइलीले १ गोल योगदान गरे । ज्ञानोदयका आयुश खपाङ्गी र सजल मानन्धरले १–१ गोल फर्काए ।
पाँच टिम सहभागी प्रतियोगिताको अन्तिम खेलअघिसम्म अपारजित एलए र ज्ञानोदयले समान ३–३ खेल जितेका थिए । अन्तिम खेलमा गोलअन्तरका आधारमा अगाडि रहेकाले एलएलाई उपाधि जित्न बराबरी मात्र खाफी थियो । ज्ञानोदयलाई भेन उक्त खेल जित्नै पर्ने थियो ।
अन्तिम खेलअघि एलएले सुदेशालाई ७–० र आदर्श हिमालयनलाई १२–० ले हराएको थियो भने गुरुकुलबाट वाकओभर पाएको थियो । त्यस्तै ज्ञानोदयले आदर्श हिमालयनलाई ६–१, गुरुकुललाई ६–० र सुदेशालाई १–० ले पन्छाएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एलएका बसन्त दुरा घोषित भए । विजेतालाई आयोजक ज्ञानोदयका वरिष्ठ भाइस प्रिन्सिपल भानु एले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment