टोखा भगवती क्लबको अध्यक्षमा राजकाजी


काठमाण्डौको ऐतिहासिक सहर टोखामा अवस्थित टोखा भगवती क्लबको अध्यक्षमा राजकाजी श्रेष्ठ विजयी भएका छन् । अध्यक्ष र कोषाध्यक्षको पदमा मात्र मतदान भएकोमा राजकाजीले आफ्ना प्रतिद्वन्दि मदनलाल श्रेष्ठलाई पछाडी पार्दै अध्यक्षमा विजयी भएका हुन् ।
क्लबको १२ औं साधारण सभा तथा निर्वाचनले उपाध्यक्षमा इन्द्र राज जोशी, सचिवमा अमूल्यकाजी महर्जन र सहसचिवमा गम्बिरमान श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै कोषाध्यक्षको लागि भएको मतदानमा भाईमान श्रेष्ठलाई पराजित गर्दै दीपक डंगोल विजयी भएका छन् । ९ सदस्यिय पदको लागि भएको निर्वाचनले क्लबको सदस्यहरुमा सुक नारायण डंगोल, रवी डंगोल, ममता जोशी र अमृता महर्जन पनि निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत एवं क्लबका पूर्व अध्यक्ष मनिष (राम) जोशीले जानकारी गराए । साधारण सभामा क्लबका १४७ सदस्य मध्ये ११३ जनाले मतदान गरेका थिए ।

Comment