ज्ञानोदय अपराजित

आयोजक ज्ञानोदयले ज्ञान कप अन्तरविद्यालय जुनियर ब्वाइज फुटबल प्रतियोगितामा शनिबार पनि अपराजित यात्रालाई कायम राखेको छ । खोकनास्थित घरेलु मैदानमा ज्ञानोदयले सुदेशालाई १–० गोलले पराजित गर्दै राउन्ड रोविन लिगमा लगातार तेश्रो जित हात पा¥यो । प्रभाषराज शाहीले निर्णायक गोल गरे ।
प्रतियोगिताको अन्तिम दिन आदर्श हिमालयन र गुरुकुल तथा ज्ञानोदय र लिटिल एन्जल्स (एलए) बीच खेल हुनेछ । ज्ञानोदय र एलएमा जसले जित हात पार्छ उही टिम उपाधि विजेता हुनेछ । यदि खेल बराबरीको स्थितिमा टुंगिएमा गोलअन्तरका आधारमा एलए विजेता बन्नेछ ।

Comment