मोबाइल फ्याक्ने प्रतिस्पर्धा


रोटरी क्लब अफ रुद्रमतिले दोश्रो मोबाइल थ्रोइङ कम्पिटिसन शनिबार आयोजना ग¥यो । सहभागीले फालेका पुरानो मोबाइल संकलन गरी मोबाइल नबोक्ने ग्रामिण भेगका महिलालाई उपलब्ध गराउने उद्देश्यले प्रतिस्पर्धा आयोजना गरिएको हो ।
प्रतिस्पर्धामा सहभागी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले रचनात्मक र सहयोगी कार्यका लागि आयोजकको प्रशंसा गर्दै धन्यवाद दिए ।

Comment