म्याग्दी मगर समाजलाई उपाधि

magaydgi magar samag
म्याग्दी मगर समाज, काठमाडौंले चौथो धनुषवाण प्रतियोगिताअन्तर्गत टिम स्पर्धाको उपाधि मंगलबार जितेको छ । डिफेन्डिङ च्याम्पियन मगर समाजले कुल १ सय २० अंकमा १ सय १ अंक जोड्दै उपाधि रक्षा ग¥यो । समाजले टिम स्पर्धाको उपाधि जितेको यो तेश्रो पटक हो । पहिलो संस्करणमा पनि समाज पहिलो भएको थियो । दोश्रोमा नेपाल छन्त्याल संघ च्याम्पियन बनेको थियो ।
मनाङ मस्र्याङ्दी क्लबद्वारा आयोजित प्रतियोगितामा मगर समाज टोलीका प्रेमप्रसाद पुनले १८, श्रीप्रसाद पुर्जाले २०, मोहनप्रसाद पुनले १५, तालबहादुर गर्बुजाले १९, कुमार पाइजाले १३ तथा हरि पुनले १५ अंक जोडेका थिए ।
सगरमाथा तारा क्लब, रुपन्देही ९६ अंकसाथ दोश्रो भयो भने तेश्रो स्थानमा चित्त बुझाएको थासाङ स्पोर्ट्स क्लब, काठमाडौंले ९१ अंक बटुल्यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे ।
गोंगबुमा भएको प्रतियोगितामा समाजकै श्रीप्रसाद पुर्जा उत्कृष्ट खेलाडीका साथै सर्वाधिकपटक ‘बुल्स आई’ प्रहार गर्ने खेलाडी बने । उनले ८ पटक ‘बुल्स आई’ मा निशाना लगाएका थिए । दुवै विधाका लागि उनले ५–५ गरी १० हजार नगद पुरस्कार थापे । अघिल्लो दिन व्यक्तिगत स्पर्धामा पनि श्रीप्रसाद नै ८ अंकसाथ शीर्ष स्थानमा रहँदै विशिष्ट धनुर्धर चुनिएका थिए । त्यसका लागि पनि उलने ५ हजार नगद पुरस्कार पाएका थिए ।
विजेतालाई आयोजक मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष जिमी गुरुङ, मनाङ समाज समितिका अध्यक्ष मनबहादुर गुरुङ तथा आयोजक मनाङका सल्लाहकार दीपक गुरुङले पुरस्कृत गरे ।
पाँचदिने प्रतियोगितामा व्यक्तिगत र टिम गरी दुई स्पर्धामा प्रतिस्पर्धा भएको थियो । टिम स्पर्धामा ११ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Comment