घाइते तेक्वान्दो खेलाडी थापालाई सहयोग

 

नेप्लीज तेक्वान्दो एकेडेमी तथा लैनचौर तेक्वान्दो डोजाङको पहलमा तेक्वान्दो खेलाडी प्रदिप थापा मगरलाई आर्थिक सहयोग जुटेको छ । ‘२०१७ जुनियर कोटेश्वर उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता’ को क्वाटरफाइनल खेल खेल्ने क्रममा घाइते भएका थापा मगरलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको नेप्लीज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक अशोक खड्काले बताए ।
थापा मगरलाई प्रदान गरिएको उक्त रकम युनिटी तेक्वान्दो एकेडेमी हङकङ तथा मास्टर दिल गुरुङबाट २० हजार, तेक्वान्दो प्रशिक्षक अनिल रजकबाट १० हजार, समाजसेवी हाल बेलायतवासी मन राईबाट ५ हजार, लैनचौर निवासी कृष्ण रजकबाट ५ हजार, नेप्लीज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवम् तेक्वान्दो प्रशिक्षक अशोक खड्काबाट ३ हजार र अन्य व्यक्तिहरुबाट ७ हजार संकलन गरिएको हो ।

Comment