ज्ञानोदयको दोश्रो जित


आयोजक ज्ञानोदयले ज्ञान कप अन्तरविद्यालय जुनियर ब्वाइज फुटबल प्रतियोगितामा शुक्रबार दोश्रो जित हात पारेको छ । ज्ञानोदयले गुरुकुललाई ६–० गोलअन्तरले पराजित ग¥यो । ज्ञानोदयका आयुश खपाङ्गीले २ तथा डियोन गौचन, श्रीहान्स महत, समर गुरुङ र सोहमत बोहराले १–१ गोल गरे । अर्को खेलमा सुदेशाले आदर्श हिमालयलाई ३–१ गोलले हरायो । सुदेशका लागि सुशांक कार्की, शम्शेर राणा र सुप्रिम खड्काले गोल गरे । हिमालयनका कविन फगामीले १ गोल फर्काए ।

Comment