युनिभर्सलको विजयी सुरुआत


आयोजक युनिभर्सल उमाविले तेश्रो स्याट अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । धुम्बाराहीस्थित घरेलु कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा युनिभर्सलले दक्षिान्तरलाई ३८–१३ ले पराजित ग¥यो । विजेताका कोमन गुरुङले २१ अंक जोडे । गल्र्समा युनिभर्सलले स्पाङ्गेललाई ३३–२१ ले हरायो । विजेताकी संगीता फुयालले २४ स्कोर गरिन् ।
प्रतियोगिताको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । तीदिने नकआउट प्रतियोगिताको सिनियर ब्वाइजमा ११, जुनियर ब्वाइजमा ८ र सिनियर गल्र्समा ९ टिम सहभागी छन् । तीनै विधामा युनिभर्सल डिफेन्डिङ च्याम्पियन हो ।

Comment