छहारी उपाधिनजिक

छहारी शिक्षा सदन छैटौं ईशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको गल्र्सतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।
सानोगौचरणमा भएको दोश्रो सेमिफाइनलमा छहारीले पिस नेपाललाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । उपाधिका लागि छहारीले पहिलो सेमिफाइनलको विजेता डिफेन्डिङ च्याम्पियन नेपालय विरुद्ध प्रतिस्पर्धा गर्नेछ । ब्वाइजमा एक्ता जेम्स, डिफेन्डिङ च्याम्पियन रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स), होली भिजन र अरुणीमा सेमिफाइनलमा पुगे ।
एक्ता जेम्सले ब्राइट जोनलाई ९–० गोलले पाखा लगायो । विजेताका सुक्रम बोम्जनले ३, कमल खड्काले २ तथा राजेश गुरुङ, सुवास घिसिङ, सुशील गुरुङ र शंकर लिम्बूले १–१ गोल गरे । रिम्सले नेपालयमाथि २–० को जित प्राप्त ग¥यो । रिम्सका तामाङद्वय अशोक र राजुले गोल गरे । होली भिजनले आकाशदीपलाई सडन डेथ (६–५) तथा अरुणीमाले एम्बासडरलाई ७–० गोलले पाखा लगाए ।

Comment